+

यू-१७ च्याम्पियनसिप : नेपालको पहिलो खेल पाकिस्तानसँग

२०८१ भदौ  १६ गते १५:५८ २०८१ भदौ १६ गते १५:५८
यू-१७ च्याम्पियनसिप : नेपालको पहिलो खेल पाकिस्तानसँग

१६ भदौ, काठमाडौं । भुटानमा यही सेप्टेम्बर २० देखि ३० सम्म हुने साफ यू-१७ च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेलतालिका अनुसार समूह बी मा रहेको नेपालले पहिलो खेलमा सेप्टेम्बर २१ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यस समूहमा नेपाल र पाकिस्तानसँगै आयोजक भुटान र श्रीलंका छन् । समूह ए मा साविक विजेता भारतसँगै माल्दिभ्स र बंगलादेश छन् ।

प्रतियोगितामा दक्षिण एसियाका सातवटै राष्ट्र सहहभागि छन् । ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपालले दोस्रो खेल श्रीलंकासँग सेप्टेम्बर २३ मा रसमूहको अन्तिम खेल सेप्टेम्बर २५ मा भुटानसँग खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल सेप्टेम्बर ३० मा हुनेछ ।

गत वर्ष भुटानमै भएको साफ यू१७ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय