+
+

जनार्दनबारे बोल्ड गरेर माओवादीमा नयाँ सर्कुलर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १९:१४

१६ भदौ, काठमाडौं । उपमहासचिव जनार्दन शर्माको विषयलाई थप प्रष्ट पार्दै माओवादी केन्द्रले नयाँ सर्कुलर जारी गरेको छ ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको छ । हालै सम्पन्न स्थायी समिति बैठकमा शर्माले आफ्नो मत लिखित रुपमै राखेका थिए ।

तर बैठक समापन गर्ने बेला प्रचण्डले अब जनार्दनले पार्टी फुटाउँदैनन् भन्ने निष्कर्ष सुनाए । त्यही आशयको सर्कुलर २ भदौमा जारी भयो ।

त्यसमा विवाद भएपछि आइतबार नयाँ सर्कुलर जारी गरिएको छ, जसमा २ भदौमा जारी गरिएको सर्कुलरमा थप भएका विषयलाई बोल्ड गरेर उल्लेख गरिएको छ ।

हेर्नुहोस् माओवादीको सर्कुलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?