+
+

कांग्रेस महाधिवेशन र चुनाव एकै वर्ष हुने खतरा छ : बद्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १७:३३

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको महाधिवेशन र आम निर्वाचन एकै वर्ष हुने सम्भावना देखिएको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा पाण्डेले महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाले चुनावमा असर पर्न सक्ने सम्भावना रहेको बताए ।

‘त्यसका दुष्प्रभावहरु स्थानीय, प्रदेश सभा, प्रतिनिधि सभाको निर्वाचनमा पर्ने र पार्टी एक ढिक्का भएर निर्वाचनमा जान नसक्ने विगतको समस्या आगामी दिनमा पनि हुने हो कि’, उनले भने ।

पार्टी सदस्यता वितरण र नवीकरण समयमा हुन नसकेको भन्दै उनले दुई महामन्त्रीले सदस्यता नवीकरण र वितरण गर्न पटक पटक पत्र पठाएपनि कार्यान्वयन नभएको सुनिएको बताए । ‘उहाँहरुले तल भन्नुहुन्छ । तलका साथीहरुले गराउनुहुन्न । तल तहमा हामीले घच्घच्याउनुपर्ने छ’, पाण्डेले भने ।

मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाउँदा कांग्रेसका लागि चुनौती थपिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले बताए ।

२०८४ को निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘जोखिम उठाएर खुकुरीको धारमाथि हामीले यात्रा गरिरहेका छौं । २०८४ को चुनावमा ऊ भन्दा अघि हामी कसरी अघि आउने गम्भीरतापूर्वक सोच्नुपर्छ ।’ प्रतिस्पर्धा र सहकार्य एमालेसँग कुन हदसम्म हुने स्पष्ट सीमांकन गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?