+
+

गण्डकीमा वन वातावरण र सामाजिक विकास मन्त्रालय फुटाइए

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १९:४०

१६ भदौ, पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

‘यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर ९ वटा मन्त्रालय गण्डकी प्रदेशमा कायम गर्ने भनेर निर्णय गरेका छौं’, उनले भने, ‘छिट्टै नै नेकपा एमालेका तर्फबाट ४ जना मन्त्रिपरिषदमा समावेश हुनुहुन्छ र संघीय गठबन्धन अनुसार गठबन्धन कायम भएर अगाडि बढ्छ ।’

गण्डकी सरकारमा कांग्रेस र एमालेले कुन कुन मन्त्रालय लिने भन्ने निर्क्योल भने नभएको मुख्यमन्त्री पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?