+
+

मन्त्रीले सामाजिक सञ्जालमा हारगुहार गर्नु सुहाउँदो होइन : कांग्रेस महामन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १७:५९

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालबाट शान्ति सुरक्षाबारे प्रश्न उठाउनु सुहाउने विषय नभएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्री शर्माले सरकार सञ्चालनमा सामूहिक स्वामित्व हुने कि नहुने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।

५ भदौमा शिक्षामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको सुरक्षाका लागि सामाजिक सञ्जाल फेसबुकबाटै गृहमन्त्री रमेश लेखकलाई आह्वान गरेकी थिइन् ।

यसबारे पार्टीको बैठकमा शर्माले भने, ‘सरकारमा रहेको एउटा मन्त्रीले सरकारमा रहेको अर्को मन्त्रीलाई सामाजिक सञ्जालबाट हार गुहार गर्ने विषय सुहाँउदिलो भएको छैन ।’

महामन्त्री शर्माले भूमि आयोग गठन प्रक्रिया सुरु गरिएको बारेमा पनि असन्तुष्टि जनाए । कांग्रेस माओवादीको संयुक्त सरकार भएको बेला कांग्रेस निकट केशव निरौला आयोगका अध्यक्ष थिए ।

कांग्रेससँगको गठबन्धन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भंग गरेपछि बनेको सरकारले निरौलालाई हटाएको थियो ।त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नयाँ आयोग गठन प्रक्रिया रोक्न आदेश दिएको थियो ।

सरकारमा साझा स्वामित्व होस् भनी शर्माले सभापति देउवाको ध्यानाकर्षण गराए ।

संविधान संशोधन बृहत्तर समझदारीमा गर्नुपर्ने भन्दै महामन्त्री शर्माले संविधान संशोधनको अगुवाइ कांग्रेसले गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?