+
+

एभरट्रष्ट सहकारी ठगी प्रकरणमा उपाध्यक्षसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १८:०८

१६ भदौ, काठमाडौं । एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा उपाध्यक्षसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सहकारीकी उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाई बज्राचार्य छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध ठगीको कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
काठमाडौंको चुच्चेपाटीमा रहेको यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।

अहिलेसम्मको जाहेरीअनुसार १५ करोड ९१ लाख ४ हजार ७६३ रुपैयाँ अपचलन भएको खुलेको छ । यो सहकारीबाट कोही पीडित भए सम्पर्कमा आउन पनि सीआईबीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?