+

महिला लिगमा फुटबलमा कोशीको विजयी सुरुवात

२०८१ भदौ  १६ गते १८:२६ २०८१ भदौ १६ गते १८:२६
महिला लिगमा फुटबलमा कोशीको विजयी सुरुवात

१६ भदौ, काठमाडौं। कोशी प्रदेशले आइतबारदेखि सुरु भएको एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

समीक्षा मगरको दुई गोलमा आइतबार भएको उद्घाटन खेलमा कोशी प्रदेशले वालिङ नगरपालिका स्याङ्जालाई ४-० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कोशीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थप्यो ।

सानुमाया तामाङले खेलको १०औं मिनेटमा गवल गर्दै कोशीलाई अग्रता दिलाएकी थइन् ।

समिक्षा मगरले ५१औं र ५९औं मिनेटमा गोल गरिन् । यस्तै प्रतिक्षा राईले ६८औं मिनेटमा गोल गरिन् ।

एन्फा महिला लिगमा कूल १० टोलीको सहभागिता छ । सिंगल राउण्ड रोविनको पहिलो भरणपछि शीर्ष पाँच टिमको डबल राउण्ड रोविनका आधारमा सुपर लिग र अन्तिम चरणमा प्लेअफ खेलहरु हुनेछ ।

लिगमा सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युवा क्लबबीच खेल हुनेछ । खेल एन्फा कम्प्लेक्समा ३ बजे सुरू हुनेछ ।

एन्फा महिला लिग फुटबल महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय