+
+

४ महिना यता रिटेल पेमेन्ट स्वीचको मासिक कारोबार ५ खर्ब बढी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १८:४५

काठमाडौं । चार महिना यता नेसनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीच (आरपीएस) को मासिक कारोबार ५ खर्बभन्दा बढी रहेको छ ।

आरपीएसका अनुसार चैतमा ५ खर्ब १७ अर्ब, वैशाखमा ५ खर्ब २७ अर्ब, जेठमा ५ खर्ब ७७ अर्ब र असारमा ६ खर्ब ७३ अर्ब रुपैयाँको भुक्तानी कारोबार भएको छ ।

आरपीएसका अनुसार आव २०८०/८१ मा कुल ५६ खर्ब ९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको थियो ।

आरपीएसका अनुसार कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो भने कारोबार संख्याको आधारमा ४९ प्रतिशतले वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?