+

लिटन दासको शतकमा बच्यो बंगलादेशको लाज

२०८१ भदौ  १६ गते १८:३२ २०८१ भदौ १६ गते १८:३२
लिटन दासको शतकमा बच्यो बंगलादेशको लाज

१६ भदौ, काठमाडौं। विकेटकिपर लिटन दासको सानदार शतकमा बंगलादेशले दोस्रो टेस्टमा पाकिस्तानविरुद्ध पहिलो इनिङमा आफ्नो लाज बचाएको छ ।

रावलपिंडी क्रिकेट रंगशालामा पहिलो इनिङमा बंगलादेश २६२ रनमा अल आउट भयो । लिटन दासले २२८ बलमा १३ चौका र ४ छक्कासहित १३८ रनको शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको यो चौथो टेस्ट शतक हो ।

उनी क्रिजमा आउदा बंगलादेश १०.३ ओभरमा २६–५ को अवस्थामा थियो । सकिब अल हसन अर्को ओभरमा खुर्राम शाहजादको बलमा एलबीडब्लू आउट भएपछि बंगलादेश २६–६ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १६५ रनको साझेदारी गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।

मेहेदी हसन मिराजले १२४ बलमा १२ चौका र १ छक्कासहित ७८ रन बनाए । दासले नवौं विकेटका लागि तस्किन अहमदसँग ६९ रनको साझेदारी गरेका थिए ।

तस्किनले १३ र शादम इस्लामले १० रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका खुर्राम शाहजादले ६, मिर हाम्जा र सलमान अघाले २–२ विकेट लिए ।

त्यसअघि पाकिस्तान टस हारेर पहिला ब्याटिङ गर्दै २७४ रनमा अल आउट भएको थियो । पाकिस्तानका सैम अयुब ५८, शन मकसुद ५७, सलमान अघा ५४, बाबर आजम ३१ र मोहम्मद रिजवान २९ रन बनाएका थिए ।

बंगलादेशका मेहेदी हसन मिराजले ५ र तस्किन अहमदले ३ विकेट लिएका थिए । तेस्रो दिनको अन्तिम सेसनमा पाकिस्तानले दोस्रो इनिङको ब्याटिङ थालेको छ ।

पहिलो टेस्ट खेलमा बंगलादेश १० विकेटले विजयी भएको थियो ।

बंगलादेश लिटन दास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय