+
+

शेर्पाको साहसले सगरमाथा विश्वमा चिनिएको हो : मन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १८:४४

१६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन पुगेको बताएका छन् ।

ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान कार्यक्रम’ मा मन्त्री पाण्डेले शेर्पाहरूको साहसका कारण सगरमाथा विश्वमा चिनिएको बताएका हुन् ।

डोरी टाङ्नेदेखि आारोहीलाई शिखरमा पुर्‍याउने काम शेर्पाकै कारण सहज भएको उनको भनाइ छ ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउपालिकाका ४६ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म छन् । त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा शेर्पालाई नियुक्त गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?