
१६ भदौ, काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले दैनिक उडान तयारी थालेको छ ।
आइतबार नेपाल उडानको तेस्रो वर्ष पूरा गरेको श्रीलंकनले निकट भविष्यमै दैनिक उडान तयारी गरिरहेको कम्पनीका लागि नेपालका कन्ट्री म्यानेजर निलिना पाथिरानाले जानकारी दिए ।
अहिले श्रीलंकाको राजधानी कोलम्बोलाई यो कम्पनीले साताको चार उडानमार्फत जोडिरहेको छ ।
श्रीलंका घुमफिरमा जाने र नेपाल आउने पर्यटकसँगै अस्ट्रेलिया जाने नेपालीलाई ट्रान्जिट उडानमा सेवा दिइरहेको छ ।
आइतबार श्रीलंका जाने नेपाली क्रिकेट टिमलाई समेत कम्पनीले बिदाइ गरेको थियो । आइतबार नै कम्पनी सञ्चालनमा आएको ४५ वर्ष पूरा भएको कन्ट्री म्यानेजर पाथिरानाले जानकारी दिए ।
कोभिड महामारीबीच नेपाल उडान थालेको कम्पनीले ‘आउट बाउन्ड’ पर्यटनमा जाने नेपालीलाई लक्षित गर्दै दैनिक उडान तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4