+
+

ललितानिवास किर्ते प्रकरण : पूर्वमन्त्री जोशीसँग ३ लाख ३० हजार धरौटी माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १९:०१

१६ भदौ, काठमाडौं । ललितानिवासको जग्गा किर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई जिल्ला अदालत काठमाडौंले ३ लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उनीसँग ३ लाख ३० हजार रुपैयाँ धरौटी मागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १० भदौ २०८० मा जोशी लगायत ३१२ जना विरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

जोशीमाथि २०६९ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप थियो ।

अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा भने उनले सफाइ पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?