+
+

एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण छ : महामन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १९:०७

१६ भदौ, काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण रहेको बताएका छन् ।

एमाले र माओवादी वीचको सरकार बनेपछि संगठनमा काम गर्ने र २०८४ अघि सरकारमा जाने प्रयत्न गर्न नहुने बताउँदै आएपनि एमालेसँग मिलेर सरकार बनाउने परिस्थिति बनेको उनले सुनाए ।

दुई दल विचमा अकस्मात् सरकार बनाउने अवस्था बनेको र ठीक भएको उनले बताए । मुख्य दुई दलको सत्ता सहकार्य प्रणालीका लागि पनि चुनौतीपूर्ण रहेको उनले बताए ।

दुई दलमा रहेको चुनौतीको सामना गर्न सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओली वीचमा सौहार्दता हुनुपर्ने थापाले बताए ।

उनले भने,‘काम गरेर हामीले परिणाम दिनुपर्नेछ । हाम्रो सभापति र नेकपा एमालेको अध्यक्षसँग हुने हार्दिकता, विश्वास महत्वपूर्ण कुरा हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?