+
+

कुमारी बैंकका ग्राहकलाई श्री एयरलाइन्समा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १९:२९

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।

कुमारी बैंकका ग्राहकका साथै उनीहरूको परिवारका सदस्य (बुबा, आमा, श्रीमती र छोरा/छोरी) लाई श्री एयरलाइन्सबाट यात्रा गर्दा ५ सय रुपैयाँ छुट पाउने बैंकले जनाएको छ ।

टिकटमा छुट पाउनका लागि श्री एयरलाइन्सका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैकिङ मार्फत भुक्तानी गर्नुपर्ने छ ।

दुवै पक्षबीचको सम्झौताले बैंकका सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?