+
+

कुमारी बैंकले क्यूआर कारोबारकै आधारमा कर्जा दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १९:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कारोबारका आधारमा कर्जा प्रदान गर्ने भएको छ ।

साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने उद्देश्य सहित क्यूआर कारोबारका आधारमा कर्जा उपलब्ध गराउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘देशैभरि वर्षैभरि’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस योजना अन्तर्गत उद्यमीहरूले नजिक रहेका कुमारी बैंकका शाखामा खाता खोल्नु पर्नेछ भने क्यूआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबार लगातार ४ हप्ता मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार गरेको हुनुपर्ने छ । यस्तो कारोबार गर्ने उद्यमीहरूले दुई लाखसम्मको कर्जा विनाधितो कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी सहजै लिन सक्नेछन् ।

यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आर्कषित हुने तथा उनीहरूको उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?