+

एनपीएलमा पोखराको स्वामित्व पोखरा एभेन्जर्सले पाउनुपर्ने माग

२०८१ भदौ  १६ गते १९:५७ २०८१ भदौ १६ गते १९:५७
एनपीएलमा पोखराको स्वामित्व पोखरा एभेन्जर्सले पाउनुपर्ने माग

१६ भदौं, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफूहरुलाई आफ्नो नामको फ्रेन्चाइज टोली दिन माग गरेको छ ।

नेपाल टी ट्वान्टी क्रिकेट प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको पोखरा एभेन्जर्सले एनपीएलमा नेपाल क्रिकेट संघ (क्यान) ले उक्त नाम दिनुपर्ने पत्रकार सम्मेलन गर्दै माग गरेको छ ।

नोभेम्बर डिसेम्बरमा हुने एनपीएलमा ८ फ्रेन्चाइज टोलीको सहभागी हुनेछ । क्यानले फ्रेन्चाइज टोलीको लागि खुल्ला आवेदन माग गरेको थियो । जसमा १६ कम्पनीले आफ्नो आवेदन दिएका थिए । क्यानले एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहनेछन् ।

‘एनपीएलमा फ्रेन्चाइज टोलीको सम्पूर्ण फि तिर्न तयार छौं । तर विना सर्तमा पोखरा टिम हामीलाई दिनुपर्छ । किनभने पोखरा एभेन्जर्सको नाममा हामीले नेपाल टी–२० लिगमा करोडौ लगानी गरी सकेका छौं’, पोखरा एभेन्जर्सका मालिक सुवोध त्रिपाठीले भने ।

१६ फ्रेन्चाइजले आवेदन दिदा पोखरा पनि छ । हालसम्म सम्पूर्ण लगानी पोखरा एभेन्जर्सको नाममा हुँदा अन्यले पोखरा स्वामित्व पाउँदा आफ्नो लगानी डुब्ने सुवोधले बताएका थिए । आफूहरुले पहिला नै नेपाल टी२० लिगमा ८ वर्षको लागि स्वामित्व पाएको हुँदा विना सर्त पोखरा पाउनु पर्ने माग राखेका थिए । पोखराको नाम लिन अन्य फेन्चाइजले जति नै मूल्य तिर्न तयार रहेको समेत उनले बताए ।

पोखरा एभेन्जर्स नेपाल टी–२० लिग २०२२/२३ को संस्करणमा सहभागी फ्रेन्चाइज टोली हो । विवादित नेपाल टी–२० लिगमा ६ मध्य स्वदेशकै लगानी भएको पोखरा एकमात्रै टोली थियो ।

क्यानले नेपाल टी-२० लिग रणनीतिक साझेदारको रुपमा ८ वर्षलाई भारतीय कम्पन्ती सेभेन थ्री स्पोर्ट्सलाई ३३ करोड रुपैयाँमा बेचेको थियो । प्रतियोगितामा स्पट फिक्सिङ, लाइभ बेटिङ, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको लगायत विभिन्न विवादमा मुछिएको थियो ।

सेभेन थ्री स्पोर्ट्सका निर्देशक जतिन आहलुवालिया नै फिक्सिङको मुख्य योजनाकार भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआईबी)ले अनुसन्धनपछि पत्ता लगाएको थियो । जतिन प्रतियोगिता बीचमै भागेर भारत गएका थिए । प्रतियोगिता सम्पन्नपछि आदिल अन्सारी स्पट फिक्सिङको कारण प्रकाउ समेत परेका थिए । विवादै विवाद भएपछि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता तोडेको थियो ।

अव भने क्यानले आफ्नै लगानीमा नेपाल प्रिमियर लिग आयोजना गर्ने तयारी गरेको छ । एनपीएल आगमी नोभेम्बर डिसेम्बरमा हुनेछ । एनपीएलमा १६ टोलीले फ्रेन्चाइज किन्न आवेदन दिएका छन् । क्यानले यो हप्तामा ८ फ्रेन्चाइज टोलीको स्वामित्व निर्धारण गर्नेछ ।

एनपीएल पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय