+
+

कांग्रेसबाट मन्त्री बनेकालाई गगनले भनेः तपाईको कामको चर्चा गर्न पाइयोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते २०:०८

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा सहभागी मन्त्रीहरुले सुधारका कार्य गरेर त्यसको चर्चा र व्याख्या पार्टीमा हुने वातावरण बनाउन स्थिति बनाउन मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा महामन्त्री थापाले मन्त्रीहरुले कार्यको पार्टीमा प्रशंसा र प्रचार हुने गरी काम गर्न आग्रह गरे । ‘त्यो भन्ने आधार तपाईहरुले बनाइदिनु पर्दछ । महिनाको एकपटक पार्टी कार्यलय आउँछौ भन्नुभएको छ । आउने, भेट्ने, पार्टीका साथीहरुको कुरा सुन्ने गर्नुस् ।’

संसद, पार्टी बैठक र संसदीय दलको बैठक मन्त्रीहरुले छुटाउन नहुने उनले बताए । पार्टी बैठकहरु दुरुपयोग नगर्न उनले चेतावनी दिए ।

संघ र प्रदेशमा मन्त्री बनाउँदा चुकेकोे उनले बताए । मन्त्री सभापतिले छान्ने अभ्यास गरिँदै आएको उल्लेख गर्दै थापाले भने,‘मन्त्री बनाउँदा विचार समूहरु मिलाउनु पर्नेछ ।’ मन्त्री नबनाउँदा मुस्लिम समुदायले उठाउँदै प्रश्न जायज भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?