+
+

नाडा अटो शोमा चर्चित ‘स्काइवेल’ १२६ युनिट बुकिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते २०:२५

१६ भदौ,काठमाडौं । नेपालमै सबैभन्दा लामो रेन्ज दिने विद्युतीय गाडी (ईभी) भित्र्याएको ‘स्काइवेल’ ले नाडा अटो शो २०२४ मा आक्रामक बुकिङ गर्न सफल भएको छ ।

शोमा स्काइवेलले १ सय २६ युनिट बुकिङ गरेको हो । ‘हामीले प्रिमियम गाडीमा सम्भवतः सबैभन्दा धेरै गाडी बुकिङ गरेका हौं,’ स्काइवेलको नेपालस्थित आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले अनलाइनखबरसँग भने ।

उनका अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो ।

जी मोटर्सका अनुसार नाडा अटो शोमा ‘स्काइवेल एसयूभी बी ११’ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्जको ईभी सार्वजनिक गरिएको थियो ।

स्काइवेलले ल्याएका नयाँ गाडीमा ५ सय २० किलोमिटर रेन्ज भएको ७१.९८ किलोवाट आवर र ४ सय १० का लागि ५१.९२ किलोवाट आवरको ब्याट्री अप्सन छ ।

स्काइवेल ईभीको नयाँ भर्सनका दुवै गाडीको मूल्यमा शोभरि छुट दिइएको थियो । जी मोटर्सका अनुसार ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीवालाको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहे पनि नाडा अटो शोमा ४ सय १० किलोमिटर रेन्जको बीई ११ को ७५ लाख ९० हजार, ५ सय २० किलोमिटर रेन्जको बीई ११ को ८५ लाख ९० हजार थियो ।

दुवै प्रकारका गाडीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान भएको छ ।

एकपटक चार्ज गर्दा नेपालमा सबैभन्दा धेरै ६ सय २० किलोमिटर रेन्ज दिने ‘स्काइवेल ई–टी ५’ गाडी सन् २०२३ को नाडा अटो शोमा जी मोटर्सले ल्याएको थियो ।

सिंगल चार्जमा ६ सय २० किलोमिटर दुरी तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याक सहित अघिल्लो नाडा अटो शोमा स्काइवेल नेपालमा सार्वजनिक भएको थियो । ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) हुने स्काइवेलको आफ्नै उत्पादन हो ।

गेलालका अनुसार १ सय ५० किलोवाट मोटर क्यापासिटी, सेफ्टीमा ५ स्टार रेटिङ प्राप्त छ । यस्तै अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषता छन् । यस्तै दुईवटा लक्जरी फोल्डेबल सिट पनि यो गाडीमा रहेको विशेषता हो ।

स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर ईभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ ।

यसको उच्च गति १ सय ६० किलोमिटर प्रतिघण्टा भन्दा बढीे छ । स्काइवेल ईटी ५ को मूल्य नेपाली बजारमा १ करोड १५ लाख रुपैयाँ रहे पनि नाडा अटो शोमा ५ लाख रुपैयाँ छुट दिइएको थियो ।

शोपछि स्काइवेलको सबै भेरियन्टका गाडीमा ५ लाख रुपैयाँले वृद्धि हुने जी मोटर्सले स्काईवेल जर्मनी, बेलायत, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायत ६५ भन्दा बढी देशमा बिक्री हुँदै नेपालमा पनि युरोपेली मापदण्डको सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

भक्तपुरसँगै जी मोटर्सले इटहरी सहित विभिन्न आठ स्थानबाट स्काइवेल बिक्री गर्दै आएको छ । चीनमा निर्माण भएको स्काइवेल युरोपमा समेत रुचाइएको ईभीमा पर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?