+
+

अभिमुखीकरण तालिम सरकारी प्रोजेक्टलाई दिने तयारी हुँदैछ : श्रममन्त्री भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते २०:२४

१६ भदौ, काठमाडौं। श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम सरकारी प्रोजेक्टलाई दिने गरी तयारी भइरहेको बताएका छन् ।

वैदेशिक रोजगारमा जानु पुर्वश्रमिकलाई दिइने अभिमुखीकरण तालिम निजी क्षेत्रबाट सरकारी प्रोजेक्टलाई दिन सक्ने गरी तयारी भइरहेको मन्त्री भण्डारीले बताएका हुन् ।

‘निजी क्षेत्रलाई अभिमुखीकरण तालिमको जिम्मेवारी दिदा व्यवस्थित हुने भएन,’ मन्त्री भण्डारीले भने, ‘कतिपय अवस्थामा अभिमुखीकरण तालिम नै नलिएर श्रमिकहरु वैदेशिक रोजगारीमा गएको देखियो।’

मन्त्री भण्डारीले भैरहवा र पोखराबाटै वैदेशिक रोजगारीमा पठाउन मिल्ने गरि तयारी भइरहको समेत बताए । उनले भने, ‘दुई ठाउबाटै वैदेशिक रोजगारीमा जान मिल्ने गरि आवश्यक संरचना तयार गर्न भनेको छु। त्यसका लागि पुर्वाधार तयार गर्नेगरी काम सुरूवात भएको छ।’

यस्तै साउदीसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागको पुनर्संरचचना गर्न लागेको समेत बनाए । ‘अहिलेकै संरचनामा वैदेशिक रोजगारीमा भएका समस्यालाई विभागले अहिलेकै अवस्था सम्बोधन गर्न सक्ने देखिदैन,’ उनले भने, ‘ त्यसकारण यसलाई केही सुधार गरेर विभागको कामलाई चुस्त-दुरूस्त बनाउने तयारीमा छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?