+
+

बाल मन्दिरका जग्गा र सम्पत्तिको संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते २०:२५

१६ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)का देशभरका अतिक्रमित जग्गा र सम्पत्ति संरक्षण गर्न निर्देशन दिएका छन् । उनले बाल मन्दिरका सबै भौतिक सम्पत्तिको संरक्षण गर्न र त्यसको उचित उपयोग गराउने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

आइतबार सङ्गठनका पदाधिकारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा ओलीले भने,‘बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ ।

धनी पूर्जाविना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संठनकै नाममा ल्याइनुपर्छ ।’ बालमिन्दरका जमिन, भवन र सम्पति सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्नुपर्ने उनको भनाइ थियो ।

नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन पनि निर्देशन दिए । संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि भने ।

सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट संगठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेकी थिइन् ।

सङ्गठनको आश्रयमा अहिले करिब तीन सय बालबालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?