+
+

टाटाको बुकिङ ६४४, ‘पन्च ईभी’ को मात्रै ४७५

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते २०:५२

१६ भदौ, काठमाडौं । नाडा अटो शोमा टाटाले ६ सय ४४ युनिट गाडी बुकिङ गरेको छ ।

नेपालका लागि आधिकारिक विक्रेता सिप्रदीका अनुसार शोमा टाटा ‘पन्च ईभी’ र ‘टियागो ईभी’ गरी आक्रामक बुकिङ गरेको हो । पन्च ईभी ४ सय ७५ र टियागो ईभी १ सय ६९ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ ।

पछिल्लो समय नेपालमा ईभीको आकर्षण बढिरहँदा भारतीय ब्रान्ड टाटाको पन्च ईभीमा उच्च आकर्षण देखिएको छ । नाडा अटो शोमा चिनियाँ ब्रान्डका गाडीको उच्च उपस्थितिमा टाटाले आफ्नो ‘चार्म’ देखाएको कम्पनीको दाबी छ ।

नेपाली अटोमोबाइल बजारमा एक किसिमले नेतृत्व नै गरिरहेको टाटाले ल्याएको पन्च ईभी नेपाली बाटो र माटो सुहाउँदो भएको कम्पनीको दाबी छ । नेपाली बजारको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ल्याएका यो ईभी तीन भेरिएन्टमा छ ।

टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर भेरिएन्टमा उपलब्ध छ । प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार, पन्च ईभी इम्पावर्ड एलआईको ३६ लाख ९९ हजार र पन्च ईभी इम्पावर्ड प्लस एलआरको ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले यो गाडी मिडियम र लङ रेन्ज गरी दुई खाले ल्याएको हो । मिडियम रेन्जलाई एमआर नाम दिइएको छ भने लङ रेन्जलाई एलआर भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?