+
+

जेइकु र ओमोडाको ३५० बढी बुकिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते २१:२३

१६ भदौ, काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शोमा जेइकु र ओमोडाका ३ सय ५० भन्दा बढी गाडी बुकिङ भएको छ ।

नाडा अटो शोमा आकर्षणको केन्द्र बनेको ‘जेइकुको जे–६’ र ओमडाले सो संख्यामा गाडी बुकिङ गरेको कम्पनीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइलले जनाकारी दिएको हो ।

एसपीजी अटोमोबाइलले नाडा शोमा जे–६ को मूल्य ६६ लाख ९९ हजार तोकेर बुकिङ लिएको थियो  ।

रियर ह्विल ड्राइभ सिस्टममा १३५ किलोवाट क्षमताको मोटरसहित यो नेपाली बजारमा आएको छ । यसमा २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ । एसपीजी मोटर्सले नै ल्याएको ओमोडा यस अघि नै नेपालमा बजारमा चर्चित ब्रान्ड हो ।

ओमोडा ई-५ लक्स भेरिएन्टबाहेक नेपाली बजारमा नाडा अटो शो मार्फत ५ डिलक्स सार्वजनिक गरिएको थियो ।  ई-५ लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो भने नयाँ भेरिएन्ट ई-५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।

जिकरको ३० बढी बुकिङ

यस्तै चिनियाँ ब्रान्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड ‘जिकर एक्स’ पनि नाडा अटो शोमा चर्चाको केन्द्र बनेको थियो । अटो शोमा नै लन्च भएको जिकरले ३० वटा बुकिङ गर्न सफल भएको छ ।

जिकरको टु ह्विल ड्राइभ भेरिएन्टको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ । फोर ह्विल ड्राइभ भर्सनको मूल्य १ करोड ४९ लाख रहेको छ ।

त्यस्तै रियर ह्विल ड्राइभमा २०० किलोवाट र अल ह्विल ड्राइभमा ३ सय १५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर भएकाले मूल्य अन्तर भएको हो । ४ सय ४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?