+

युनाइटेडको घरेलु मैदानमा लिभरपुलको ३ गोल

२०८१ भदौ  १७ गते ८:२७ २०८१ भदौ १७ गते ८:२७
युनाइटेडको घरेलु मैदानमा लिभरपुलको ३ गोल

१७ भदौ, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ ।

लिभरपुलका लागि लुइस डियाजले दुई गोल गरे । यस्तै मोहमद सालाहले एक गोल र दुई असिस्ट गरे ।

युनाइटेड भने घरेलु मैदानमा लिभरपुलसँग निरिह बन्यो ।

खेलको सातौं मिनेटमै ट्रेन्ट अलेजान्डर बर्नोल्डले गोल गरेपछि भिएआरले मान्तया नदिँदा लिभरपुले अग्रता लिने अवसर गुमाएको थियो ।

तर, लुइस डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डियाजले नै ४२औं मिने६मा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । दुवै गोलका लागि सालाहले असिस्ट गरेका थिए ।

सालाहले ५६औं मिनेटमा आफैं गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । तीन गोलले पछि परेको युनाइटेडले गोल फर्काउने प्रयास गरेपनि सफल भएन ।

नयाँ सिजन लगातार तेस्रो जित हात पारेको लिभरपुलले ९ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटी समान अंक जोडेपनि लिभरपुल गोल अन्तरमा पछि रहँदै दोस्रोमा छ ।

दोस्रो हार व्यहोरेको युनाइटेड भने ३ अंकसहित १४औं स्थानमा छ ।

लिगकै अन्य खेलमा न्यूक्यासल युनाइटेडले टोटनहमलाई २-१ ले पारजित गर्दा चेल्सी र क्रिस्टल प्यालेसले १-१ को बराबरी खेलेको छ ।

म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय