+

एमबाप्पेको २ गोलमा रियल मड्रिड विजयी

२०८१ भदौ  १७ गते ८:३० २०८१ भदौ १७ गते ८:३०
एमबाप्पेको २ गोलमा रियल मड्रिड विजयी

१७ भदौ, काठमाडौं । केलिएन एमबाप्पेले स्पानिपस ला लिगामा गोलको खाता खोल्दा रियल मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ ।

एमबाप्पेले बेटिसविरुद्ध दुवै गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा एमबाप्पेले ६७औं र ७५औं मिनेटमा गोल गरे । फ्रान्सेली फरवार्ड एमबाप्पेले फेडेरिको भलभर्डेको पासमा पहिलो गोल गर्दै गोलको खाता खोलेका थिए । दोस्रो गोल भने उनले पेनाल्टीमा गरे ।

बेटिसका गोलकिपर रुई शिल्भाले भिनिसियस जुनियरलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । त्यसमा एमबाप्पेले गोल गरेका हुन् ।

यसै समरमा पेरिस सेन्ट जर्मेनबाट रियल पुगेका एमबाप्पेले ला लिगाको सुरुवाती तीन खेलमा गोल गर्न सकेका थिएनन् ।

नयाँ सिजन चार खेल खेलिसकेको रियलले दोस्रो जित निकाल्दै दोस्रो स्थानमा उक्लेको छ ।

रियलले दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको छ । ३ खेलमा शतप्रतिशत नितजासहित ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

किलियन एमबाप्पे रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय