+
+

एचआईडीसीएलको बोलकबोल सेयर नपाउनेलाई सोमबारदेखि रकम फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ९:४२

१७ भदौ, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहको सेयर  बोलकबोलमा नपाउनेलाई सोमबारदेखि रकम फिर्ता हुने भएको छ ।

एचआईडीसीएलको यसअघि हकप्रदमा बिक्री नभएको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आवेदन माग गरिएको थियो । सो संस्थापक सेयरको कटअफ मूल्य १३५ रुपैयाँ तय भएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ ।

प्रतिकित्ता १३५ रुपैयाँभन्दा कम मूल्य तोकेर आवेदन दिनेले सोमबारदेखि रकम फिर्ता पाउने छन् भने सोभन्दा माथिको आवेदन दिएकाहरुले केही समयपछि डिम्याट खातामा सेयर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?