+

स्विट्जरल्याण्डमा भएको दौडमा नेपालका मनकुमार दोस्रो

२०८१ भदौ  १७ गते ९:५९ २०८१ भदौ १७ गते ९:५९
स्विट्जरल्याण्डमा भएको दौडमा नेपालका मनकुमार दोस्रो

१७ भदौ, काठमाडौं । नेपाली अल्ट्रा धावक मनकुमार रोका मगरले स्वीट्जरल्याण्डमा भएको दौडमा दोस्रो भएका छन् ।

४९औं ओब्रोनाज रामब्रेट रेसको १० किमीतर्फ मनकुमार दोस्रो भएका हुन् । उनी पहिलो भएका धावक भन्दा जम्मा ३ सेकेण्डले मात्र पछि परेका थिए ।

विश्वका विभिन्न देशका ३०० धावकले भाग लिएको प्रतियोगितामा निर्धारित दूरी १ मिनेट ३ सेकेण्डमा पूरा गरेका थिए ।

पहिलो भएका  धावकले १ घण्टामा दौड पूरा गरेका थिए ।यस्तै तेस्रो हुने धावकले निर्धारित दूरी १ घण्टा १० मिनेट ४९ सेकेन्डमा सकाएका थिए । गत जुलाईमा स्वीट्जरल्याण्ड गएका मनकुमारले त्यहाँ तीन वटा रेस दौडिसकेका छन् ।

तार्सिस अनके रनिङ क्लबमा आबद्ध भएका मनकुमारले स्वीट्जरल्याण्डमा दौडेको यो तेस्रो रेस हो ।  यसअघि जुलाई पहिलो साता भएको ट्रेल भर्बिएर सेन्ट बर्नार्ड बाई युटिएमबीमा उनी १५०० धावकमध्ये आठौं भएका थिए ।

यस्तै २८ किलोमिटर दूरीको एन्जेरी टुर डेज अल्पेज भलाइज रेसमा तेस्रो भएका थिए । अहिलेसम्म त्यहाँको प्रशिक्षण र रेसहरुमा सहभागि हादा अनुभव बटुल्ने मौका पाएकोले अबको रेसमा राम्रो गर्ने मनकुमारले बताए ।

रोल्पाको थबाङ-१ का २१ वर्षीय मनकुमारले स्विट्जरल्याण्डमा अब यही सेप्टेम्बर १३ देखि १५ सम्म हुने वाइल्ड स्ट्रबेल क्रान्स मोन्टानामा प्रतिस्पर्धा गर्नेछन् ।

अल्ट्रा धावक मनकुमार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय