+
+

चार दिनमा १२०० घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १०:५०

१७ भदौ, काठमाडौं । विगत चार दिनमा सुनको भाउ प्रतितोला १२०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ कम हो ।

गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ निरन्तर झरेको छ । हालसम्म १२०० रुपैयाँ घटिसकेको छ ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी सोमबार १७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?