+
+

सडक डिभाइडरमा स्कुटर ठोकिँदा पाल्पामा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ११:०४

१७ भदौ, काठमाडौं । पाल्पामा सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रामपुर नगरपालिका-१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगर छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान करिब ९ बजे पाल्ला रामपुर-१०,  बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो ।

घाइते मगरको उपचारका लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?