+
+

गोकर्णेश्वरमा पितृ पूजा (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ भदौ १७ गते ११:१८

१७ भदौ, काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।

बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् ।

तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र बागमती नदी किनारमा श्राद्ध गर्ने गर्दछन् । श्राद्ध गर्नेहरुको आज बिहानैदेखि उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लागेको छ ।

पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरु गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा पनि भेला भएका छन् ।

हेर्नुहोस् तस्वीरहरु-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?