+
+

च्यासल पुलबाट बागमतीमा हामफालेकी युवतीको खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ११:०८

१७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलमाथिबाट हामफालेकी एक युवती अझै बेपत्ता छिन् ।

आइतबार साँझ ७ बजेतिर एक युवती बागमतीमा हामफालेकी थिइन् । हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो । ती युवती हामफालेका पुलमुनि अन्जली शर्मा, घर रुकम मुसिकोट लेखिएको नोटसहतिको झोला र मोबाइल पनि भेटिएको थियो ।

भेटिएका कागजपत्र तथा मोबाइल हामफाल्ने युवतीकै हो वा अन्य युवतीको हो भन्ने यकिन भइसकेको छैन । ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले हामफालेकी युवतीको अझै खोजी जारी राखे पनि अवस्था पत्ता लाग्न नसकेको बताए ।

युवतीको खोजीका लागि सशस्त्र प्रहरीको नं. २१ गणबाट इन्स्पेक्टरको कमाण्डमा १३ जना र नं. २ विपद् उद्धार गणबाट असईको कमाण्डमा ४ जना गोताखोर सहित ९ जनाको टोली परिचालन गरिएको सशस्त्र सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

तस्वीरहरु: आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?