+
+

बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ११:५४

१७ भदौ, चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल नारायणगढ सडकको काम थपिएको समयमा पनि सम्पन्न नभए निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सडक क्रोनिक हुने अवस्थामा पुगेको बताउँदै थपिएको एक वर्षको म्यादभित्र काम सक्न निर्देशन दिए ।

मन्त्री दााहालले समयमै काम सम्पन्न गर्नका लागि अधिकतम सहजीकरण गर्ने र काम सम्पन्न नभए ठेक्का तोड्न बाध्य हुने बताए ।

मन्त्री दाहालले देशकै लाइफलाइन मानिएको सडकमा जनताले धेरै नै दुःख पाएको भन्दै बर्खालगत्तै कामको गति तव्र बनाउन निर्माण कम्पनीलाई भनिएको बताए ।

बुटवल नारायणगढ सडकखण्डको अवलोकन गरेका मन्त्री दाहालले निर्माण कम्पनीका उच्च अधिकारीसँग पनि सरकार निरन्तर सम्पर्कमा रहेको बताए ।

सन् २०१९ बाट निर्माण सुरु गरिएको सडकको हालसम्म ५४ प्रतिशत मात्रै भौतिक प्रगति छ । सरकारको तर्फबाट कुनै समस्या नरहेको र भुक्तानीसमेत ठेकेदार प्रगतिको आधारमा लिइरहेको मन्त्री दाहालले बताए ।

विदेशी कम्पनीले भन्दा बरु नेपाली निर्माण व्यवसायी भएको भए राम्रो काम गर्थे कि भन्ने बारेमा समेत सोच्न बाध्य भएको उनको भनाइ छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले ठेकेदार कम्पनीलाई धम्काएर, फकाएर भए पनि काम गराइ छाडिने बताए ।

उनले ठेकेदारले अब लगातार काम गरे १५ महिना भित्र पोजेक्ट सक्न कुनै समस्या नरहेको बताए । ‘सबै कुरा सेटअप छ, बर्खा पछि कामलाई गति दिन पनि सक्ने अवस्था हामीले देख्यौं, ठेकेदार कम्पनीहरुकै आन्तरिक समस्या होला तर, काम अब सक्नुपर्छ भनेर नै दवाव दिइएको छ , सचिव शर्माले भने, ठेक्का तोडेर जाँदा पनि झनै काम लथालिङ्ग हुने हो कि भन्ने चिन्ता पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?