+
+

इजरायलका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १२:०४

१७ भदौ,काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिले आजको बैठकमा इजरायलका लागि सिफारिस भएका पण्डितको सुनुवाइ सुरु गरेको हो ।

समितिमा प्रस्तावित राजदूतको कार्ययोजनामाथि छलफल हुनुका साथै सदस्यहरुले प्रश्न गर्नेछन् ।

सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगे छ ।

प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?