+
+

पदभार सम्हाल्दै दिनेश डिसीले भने- जागिर खान हैन, काम गर्न आएको हुँ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १२:१०

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन् । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गरे ।

त्यसपछि पहिलो कार्यस्वरुप एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरे । मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताए ।

उनले भने, ‘बोल्ने काम जिन्दगीमा धेरै गरियो । बोलेरै चलचित्र निर्देशन, निर्माण गरेको हो । खेलेको हो । यो पटक चाहिं म काम गर्न आएको छु । यसपटक मेरो एउटै स्टेटमेन्ट, म जागिर खान हैन, काम गर्न आएको हो ।’

उक्त अवसरमा उनले कर्मचारीलाई केही निर्देशन समेत दिए ।

डिसी चलचित्र विकास बोर्डको चावहिलस्थित कार्यालयमा पुग्दा बोर्डका कर्मचारी र चलचित्रकर्मीले स्वागत गरेका थिए । उनको स्वागतको लागि बोर्डले बोर्डको हलमा समारोह समेत आयोजना गरेको छ ।

उक्त समारोहमा चलचित्र संघसंस्थाका प्रमुख र प्रतिनिधिले शुभकामना दिएका छन् । अध्यक्ष डिसीले आजको एक दिनमा मात्र शुभकामना लिने बताएका छन् । लामो समयदेखि सञ्चारकर्म सहित फिल्ममा सक्रिय डिसीलाई गत बिहीबार मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

‘बक्स अफिस र बजारीकरणका एजेण्डामा १०० दिनमा बोल्छु’

सात दिन म अध्ययन गर्छु । यो अवधिमा म पूर्वसञ्चारमन्त्री, सचिव, पूर्वसदस्यसचिव, पूर्वबोर्डका सदस्यसँग के हुन गयो त भन्नेबारेमा कुरा बुझ्छु । साथै, अहिले नियमित फिल्म बनाइरहेका निर्माता, वितरक र निर्देशकसँग पनि कुराकानी गर्छु । अन्तर्राष्ट्रियरुपमा फिल्म वितरण गरिरहेकालाई पनि भेट्छु ।

हामी व्यक्तिगत रुपमा काम त गरिरहेका छौं तर एक हुन सकेका छैनौं । एकता गराउने काम बोर्डको हो । बोर्डले गर्छ । जिरोबाट काम सुरु गर्ने हो । यो प्रक्रियामा मलाई नियुक्ति दिने संस्था र मलाई रिकमेन्ड गर्ने संस्थाको एजेण्डा कार्यान्वयन गर्ने प्रक्रियामा स्वदेशी फिल्मको हित र प्रवर्धनमा काम गर्ने क्रममा कहींकतै ढिलासुस्ती र असहयोग गरेको महसुस भएको दिन नियमानुसार उहाँहरुलाई पावरलेस गर्नुपर्ने हो कि सचेतना गराउनुपर्ने नियममा म तत्काल एक्सनमा जान्छु ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछु । भ्रष्टाचार भएको थाहा पाएको ३० मिनेटमा उहाँलाई पावरलेस गरिनेछ । बक्स अफिस, बजार व्यवस्थापन, अन्तर्राष्ट्रियकरणका मुद्दा र वितरणका यी चार एजेण्डामा म १०० दिनमा मिडियासँग बोल्छु ।

अन्य तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?