+
+

एमालेले टुंग्यायो मन्त्रीको नाम, पद्मा जीसीले नेतृत्व गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १२:५४

१७ भदौ, पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी भएको छ । केन्द्रीय नेतृत्वले सहमति गरेको २ महिनापछि एमाले जीसीको नेतृत्वमा ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको हो ।

एमालेका तर्फबाट पद्मासहित पर्वतका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् । पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै एमालेका केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकीमा ९ मन्त्रालयको टुंगो लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका हुन् । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।

लामो समयदेखि भइरहेको छलफल र असहमतिलाई पार गर्दै आइतबार ९ मन्त्रालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

अहिले कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?