+
+

उपहारका पुस्तकले प्रधानमन्त्री निवासमा पुस्तकालय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १३:१६

१७ भदौ, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा ल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको अग्रसरतामा लाइब्रेरी (पुस्तकालय) सञ्चालनमा आएको हो । ‘यो लाइब्रेरी प्रधानमन्त्रीले जनताको चाहनालाई बुझ्ने प्रयोजनका निम्ति सञ्चालनमा ल्याइएको हो’, प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाइँले भने ।

उनका अनुसार जोसुकैले आफ्नो कृति प्रधानमन्त्रीलाई उपहार दिन सक्नेछन् । त्यसरी प्राप्त हुने पुस्तक लाइब्रेरीमा राखिनेछ । ‘पुस्तकमा लेखकले आफ्ना कुरा लेखेका हुन्छन्, त्यो कुरा प्रधानमन्त्रीले पढेर जनताको चाहना बुझ्न सहयोग पुग्छ’, उनले भने ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा लाइब्रेरी कक्ष भएपनि त्यहाँ पुस्तक थिएन । प्रधानमन्त्रीकै निवासमा लाइब्रेरी नभएपछि पुस्तक उपहार दिन शाक्यले स्वेच्छिक आह्वान गरेकी थिइन् ।

‘यो लाइब्रेरी सरकारकै सम्पत्ति हो, यसपछि आउने प्रधानमन्त्रीहरुले पनि यसको लाभ उठाउन सक्नेछन्’, बजगाइँले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?