+
+

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १३:१७

काठमाडौं । हप्तौं लामो विवाद र सेन्सरको अन्योलबीच बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म अब सेप्टेम्बर ६ मा रिलिज हुनेछैन ।

त्यहाँको सेन्सर बोर्डले फिल्ममा थप कटौती गर्न चाहिरहेको थियो । बोर्डले सुरुमा फिल्मलाई स्वीकृति दिएपनि प्रमाणीकरणमा रोक लगाएको थियो ।

यसैबीच, सोमबार मध्यप्रदेशको उच्च अदालतमा फिल्मको रिलिजलाई लिएर सुनुवाइ हुँदैछ । एक सिख संगठनले दायर गरेको मुद्दामा फिल्मको रिलिज रोक्न माग गरिएको छ । फिल्मले शिख समुदायको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै यो समुदाय आन्दोलित छ ।

यो फिल्ममा कंगनाले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् । तर फिल्म पोस्टपोन्ड भएकोबारे कंगनाले अहिलेसम्म आधिकारिक केही बताएकी छैनन् । अगस्ट ३० मा एक भिडियो सन्देश जारी गर्दै कंगनाले सेन्सर बोर्डले अहिलेसम्म प्रमाणीकरण नभएको बताएकी थिइन् ।

इन्डियन एक्सप्रेसका अनुसार केही दिनअघि ट्रेलर रिलिज भएपछि विवाद सुरु भएको थियो । शिरोमणि अकाली दलको दिल्ली इकाईबाट सीबीएफसीलाई सिखको चित्रणका कारण फिल्मको प्रदर्शन रोक्न अनुरोध गर्दै सूचना पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?