+
+

भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीसँग प्रधानमन्त्रीको भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १४:२२

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी)का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल अध्ययन भ्रमणमा रहेको सो टोलीले भेट गरेको हो ।

भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए ।

उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको दक्षिण एसियाली क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु संस्कृति र सभ्यताविपरीतका विषय हुने बताए । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको बताए ।

भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?