
टुकीमा निभेको सलेदो छँदैछ
सजलले भरेको परेलो छँदैछ
हजुरले लिनुभयो नफिर्ने सवारी
बिदामा छिनेको कलेजो छँदैछ
सजलले भरेको परेलो छँदैछ
गायक दीपक खनालको नयाँ गीतका शब्द हुन् यी । कविता केशरीले रचना गरेका यी शब्दहरुले चराचर जगतको सबैभन्दा ठूला अभिभावक मान्यजन एवं प्रिय व्यक्तिलाई गुमाउनु पर्दाको भावनालाई उजागर गर्छन् । गीतमा कविता केशरी र भरत बस्नेतको संगीत छ । एरेन्ज भरतले नै गरेका हुन् ।
सरकारी सेवामा रहेका दीपक संगीतमा पनि रुचि राख्छन् । संसारमा सबै चीज यथावत् हुँदा पनि मुख्य अभिभावक नहुँदा सबै शून्य महसुस भएको भावलाई गीतमा प्रस्तुत गरिएको छ ।
गीतलाई ‘दीपक खनाल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4