+
+

फिल्म नचलेपछि रमित ढुंगाना : ‘अबदेखि नेतालाई लिएर फिल्म बनाउँदिनँ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १४:३०

काठमाडौं । नेताप्रति जनतामा वितृष्णा कति छ भन्ने बुझ्न हालै रिलिज भएको फिल्म ‘नमेटिने घाउ’ एउटा सूचक बन्न सक्छ । निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मको छायांकनदेखि नै नेतालाई लिएर प्रचारप्रसार तीव्र तुल्याएका थिए ।

यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका थिए । प्रचारप्रसारमा पनि नेतालाई नै अघि सारियो ।

रमितले नेतालाई समेटेर पोस्टर, टिजर र ट्रेलर जति अघि ल्याए, उति नै सामाजिक सञ्जालमा ‘बहिष्कार गरौं’ भन्ने ट्रेन्ड चल्न थाल्यो । फलस्वरुप, फिल्मले दर्शक तान्न सकेन ।

‘अबदेखि नेतालाई लिएर फिल्म बनाउनुहुँदैन भन्ने कुरा बुझें,’ ढुंगानाले अनलाइनखबरसँग भने, ‘देशभक्ति र सामाजिक कथावस्तुमा फिल्म बनाइराख्छु । म थाकेको छैन । तर म नेतालाई फिल्ममा राख्दिनँ ।’

उनी भन्छन्, ‘नेताहरु भएको कारण दर्शकले बायकट गरे । यो फिल्म हेरे भने नेताहरुलाई प्रोत्साहन हुन्छ । यो फिल्म नहेरौं र हेर्न नदिऊँ भनेर मेसेज आयो ।’

पार्टीका सदस्य र कार्यकर्ताले पनि आफ्नो पार्टीको नेता भएको भए फिल्म हेर्थ्यौं, अन्य पार्टीका नेतालाई किन राखेको भनेर आफूलाई प्रश्न सोधेको रमितले बताए । ‘नेताप्रति जनताको वितृष्णाको कारण फिल्म चलेन । भविष्यमा मूल्यांकन हुन्छ,’ उनले भने ।

देशको प्रधानमन्त्रीले फिल्म खेलेको भन्दै यतिबेला रमित गिनिज बुकमा नाम लेखाउने तयारीमा छन् । विभिन्न समयमा भएका एसिड आक्रमणको घटनाका पीडितको कथावस्तुमा ‘नमेटिने घाउ’ निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?