+
+

अटो शोमा एमएडब्लू समूहको उत्साहजनक बुकिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १२:०२

काठमाडौं ।  काठमाडौंको भृकुटी मण्डपमा आइतबार सम्पन्न नाडा अटो शोमा एमएडब्लू समूहले  उत्साहजनक बुकिङ गरेको छ ।

एमएडब्लूका अनुसार अटो शोमा एक हजारभन्दा बढी दुई तथा चार पांग्रे सवारीसाधनहरूको बुकिङ गर्न सफल भएको हो ।

नेपाली अटोमोटिभ उद्योगमा परिचित एमएडब्लू समूहले विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्रान्डहरू विस्तार गरिरहेको छ ।

नाडा अटो शोमा एमएडब्लू समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दिपाल, अवतार, सेरेस लगायत ब्रान्डहरू प्रदर्शनीमा राखेको थियो ।

एमएडब्लू समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शोमा एमएडब्लु समूहका गाडी प्रति ग्राहकले देखाएको उत्साहबाट हर्षित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?