+
+
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ :

रेडक्रस विवादमा तिम्सिनाको स्पष्टीकरण : मुद्दा नरहे हाइसुक्ख भयो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १५:००

१७ भदौ, काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाले सरकारविरुद्ध हालेको मुद्दा व्यक्तिगत नभएको बताएका छन् । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा सांसदहरुले नेपाल रेडक्रस सोसाइटीको विवादमा हालेको मुद्दाबारे प्रश्न गरेका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिम्सिनाको नेतृत्वमा रेडक्रस कार्यसमिति बनाएको थियो । नयाँ सरकारले त्यसलाई भंग गरेर अर्को कार्यसमिति बनायो । अदालतले तिम्सिनाको पक्षमा अन्तरिम आदेश दियो । त्यही कार्यसमितिले चुनाव पनि गरायो, तर, अहिले पनि दुइटा कार्यसमिति छ ।

राजदूत सिफारिस हुनु अगाडिसम्म तिम्सिना एउटा कार्यसमितिको अध्यक्ष थिए । र, उनले सरकारविरुद्ध हालेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

यसबारे सोधिएको प्रश्नमा प्रस्तावित राजदूत तिम्सिनाले आफूले व्यक्तिगत मुद्दा नहालेको बताए । रेडक्रस कार्यसमितिको निर्णयअनुसार आफूले मुद्दा हालेको भन्दै उनले भने, ‘विधानमा भएको व्यवस्था अनुसार कार्यसमितिको निर्णयको प्रतिनिधित्व मात्र गरेको हुँ । मैले राजीनामा दिइसकें । अब त्यो नयाँ कार्यबाहकमा सरेर जाला ।’

मुद्दा हालेको अध्यक्षले नै राजीनामा गरेपछि कसरी मुद्दा रहला भन्ने प्रतिपश्नमा उनले भने, ‘नरहे त ठीकै छ। हाइसुक्ख भयो, कन्फ्लिक्ट नै सकिन्छ ।’

पछिल्लो समय दुवै कार्यसमितिबाट सहमतिको खोजी भइरहेको भन्दै उनले सरोकारवालाहरु बसेर स्वच्छ रेडक्रस बनाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?