+
+

‘पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १५:०१

१७ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६औं वार्षिक साधारण सभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए ।

‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ,’ मन्त्री पाण्डेले भने ।

उनले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनु पर्नेमा जोड दिए । उड्डयन क्षेत्रमा विश्वास दिलाउन सके मात्र विदेशी पर्यटक सहजै भित्र्याउन सकिने उनको भनाइ छ ।

मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको जानकारी दिए ।

हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको समेत उनले बताए ।

वर्तमान सरकार २०८४ सम्मै जारी रहने भन्दै उनले सरकारलाई स्थायी रूपमा लिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?