+
+

आफ्नै घर फर्किए चिप्लावासी

रासस रासस
२०८१ भदौ १७ गते १५:२३
पहिरोको प्रतीकारात्मक फोटो ।

१७ भदौ, लमजुङ । पहिरोको त्रासले त्रिपालमुनि र आफन्तको घरमा बस्दै आएका लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लास्थित गैरीगाउँका बासिन्दा आफ्नै घर फर्किएका छन् ।

गत साउन १२ गते परेको वर्षाले बस्तीमाथिको जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० परिवार गाउँ नजिकैको डाँडागाउँमा त्रिपाल टाँगेर तथा कतिपय आफन्तकहाँ बस्दै आएका थिए ।

पहिरोको त्रासले गाउँ छाडेको करिब एक महिनापछि यहाँका बासिन्दा पहिरो जाने जोखिम कम भएसँगै सबै आ–आफ्नो घर फर्किएर बस्न थालेका हुन् । स्थानीय कमल गुरुङ भन्छन्, ‘पहिरो जाने त्रासले हामी गाउँ छाडेर डाँडागाउँमा त्रिपाल टाँगेर र आफन्तको घरमा बस्दै आएका थिए, अब आफ्नै घरमा बस्न थालेका छौँ ।’ आफ्नै बासस्थानमा फर्किए पनि जोखिम पूर्णरुपमा कम नभएको उनको भनाइ छ ।

स्थानीय रासी गुरुङले अझै जोखिम कायम रहेकाले पानी आएको बेलामा राति जाग्राम बस्ने गरेको बताए । वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब साढे एक सय मिटरमाथि जमिन फाटेपछि पहिरोको त्रासले ज्यान जोगाउन गाउँ छाडेका यहाँका बासिन्दा सबै आ–आफ्नो घर फर्किएका बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?