+
+

कैलालीमा सर्पले डसेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १५:३८
फाइल फोटो ।

१७ भदौ, कैलाली । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भएको र उपचारको क्रममा राति करिब २ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् । विष्टलाई निजकै किराना पसलको घर आँगनमा दाहिने खुट्टामा सर्पले टोकी घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनलाई कुन सर्पले डसेको हो भन्ने जानकारी नभएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?