+
+

धनगढी विमानस्थलबाट साढे ८ लाख बराबरको आइफोनसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १६:४३

१७ भदौ, धनगढी। धनगढी विमानस्थलबाट करीब साढे ८ लाख रूपैयाँ बराबरका एप्पल कम्पनीको आइफोनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

साेमबार बिहान घोडाघोडी नगरपालिका-१ सुखडका २७ वर्षीय राजु चौधरीलाई ८ लाख ४० हजार बराबरका २१ वटा आइफोनसहित पक्राउ गरिएको कैलालीका प्रवक्ताप्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

पक्राउ परेका उनलाई विमानस्थलको यात्रु प्रवेश द्वारबाटभित्र प्रवेश गर्दा सोही प्रवेश एक्सरे मेसिनमा चेकजाँच गर्दा काठमाण्डौँ पठाउने भनी पठाइरहेको अवस्थामा आइफोन बरामद गरिएको उनले बताए ।

युवकसहित बरामद गरिएका मोबाइल आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?