+
+

विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो, तोड्न सकेन प्रकाश सपुतको रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १७:२३

काठमाडौं । विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइन आमा यो तीजमा’लाई ९ दिनमा करोड पटक हेरिएको छ । सोमबार बेलुका ५ बजेसम्म यो गीतले युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएको छ ।

सुन्दरमणि अधिकारीको शब्द तथा संगीत यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको थियो । एकैदिनमा यो गीतलाई १५ लाख पटक हेरिएको थियो ।

उक्त रेकर्डपछि विष्णुको यो गीतले अर्को रेकर्ड राख्न सक्ने अनुमान थियो । गीतले एक सातामा छिटो एक करोड भ्युज पाउने रेकर्ड राख्नेछ भन्ने अपेक्षा थियो तर ९ दिनमा मात्र यसले एक करोड भ्युज बटुल्न सक्यो ।

एक सातामा छिटो एक करोड भ्युज पाउने गीत प्रकाश सपुतको ‘सकम्बरी’ थियो । निकै चर्चाका साथै विवादले समेत घेरिएको ‘सकम्बरी’लाई एक सातामा करोड भ्युज प्राप्त भएको थियो ।

‘आइन आमा यो तीजमा’लाई आशिष अविरलले एरेन्ज गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओमा ‘चरी जेलैमा’कै मोडल ललिता पौडेल फिचर्ड छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?