+
+

गण्डकीका मुख्यमन्त्रीले बुझे दीपक मनाङेको राजीनामा पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १७:३३

१६ भदौ, पोखरा । गण्डकी सरकारका मन्त्री दीपक मनाङेले राजीनामा दिएका छन् । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन् ।

मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

आफ्नो मन्त्रालय फेरिएपछि असन्तुष्ट मनाङेले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?