+
+

रामग्रामका पुर्वमेयर गुप्ताविरुद्ध बैकिङ कसुरमा पक्राउ पुर्जी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १७:३८

१७ भदौ, बुटवल। नवलपरासीको रामग्राम नगरपालिकाका पुर्व मेयर नरेन्द्र कुमार गुप्ताविरुद्ध बैकिङ्ग कसुर सम्बन्धि मुद्धामा पक्राउ पुर्जी जारी भएको छ ।

बैकिङ्ग कसुर सम्बन्धि मुद्धामा जिल्ला अदालत पशिचम नवलपरासीले पक्राउ अनुमति जारी गरेको हो । उनीविरुद्ध सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ ठेगाना भएका परासी निवासी बिनोद शाह कलवारले प्रहरीमा जाहेरी दिएका थिए ।

गुप्ताले ७५ लाख रुपैयाँ शाहसँग लिएको र भुक्तानीका लागी दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी गरेका थिए । उक्त मुद्धामा दोषी ठहर भए जरिवाना र सजाय दुवैको व्यवस्था छ ।

तर अदालतले पक्राउ आदेश जारी गरेको झन्डै एक महिना हुन लाग्दा समेत हालसम्म उनलाई प्रहरीले पक्राउ गरेको छैन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराले अदालतले पक्राउ पुर्जी जारी गरेपछि गुप्ताको खोजी भइरहेको तर फेला नपरेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?