+
+

‘बाहुबली २’ लाई उछिन्दै ‘स्त्री २’ ५०० करोड क्लबमा, ‘जवान’सँग बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १८:०३

काठमाडौं । श्रद्धा कपुर र राजकुमार राव स्टारर बलिउड हरर-कमेडी फिल्म ‘स्त्री २’ ले भारतसहित विश्वभर राम्रो कमाइ गरिरहेको छ । फिल्मले भारतमा ऐतिहासिक कमाइ गरेको छ ।

बलिउड फिल्मका व्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्मले १८ औं दिनसम्म भारतीय बक्स अफिसमा ५०२.३५ करोड भारु नेट कलेक्सन गरेको छ । तेस्रो सप्ताहन्तमा यसले ‘बाहुबली २’ (हिन्दी संस्करण)को रेकर्डलाई उछिनेको छ ।

यो फिल्मले पहिलो साता ३०७.८० करोड भारु, दोस्रो साता १४५.८० करोड भारु र तेस्रो सप्ताहन्तमा ४८.७५ करोड भारु कमाएको थियो ।

रोचक कुरा के छ भने शाहरुख खानको ‘जवान’लाई ५०० करोड क्लबमा प्रवेश गर्न पनि १८ दिन लागेको थियो । यो बराबरी गर्न श्रद्धा कपुरको ‘स्त्री २’ लाई पनि यति नै दिन लाग्यो । कमाइको हिसाबले ‘स्त्री २’ र ‘जवान’बीच बराबरी भएको छ ।

५०० करोड क्लबमा यसअघि जवान, गदर २, पठान, बाहुबली २ (हिन्दी) र एनिमल प्रवेश गरिसकेका छन् । ‘तेस्रो सप्ताहन्तको कमाइको ट्रेन्ड हेर्दा यसको गति रोकिने छाँटकाँट छैन,’ आदर्शले उल्लेख गरेका छन्, ‘अब सबैको ध्यान ६०० करोड क्लबतर्फ सोझिएको छ ।’

कमाइको यो गतिलाई कायम राखे ‘स्त्री २’ ले ‘जवान’को लाइफटाइम अचिभमेन्टलाई उछिनेर सर्वाधिक ग्रसर फिल्मको रेकर्ड राख्न सक्ने विश्लेषण आदर्शको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?