+
+

मुख्यसचिवसँग भेट्दै महासंघ प्रतिनिधिले भने : नीतिगत सुधार चाहियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १८:०२

१७ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग भेट्दै नीतिगत सुधारको माग गरेको छ ।

पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको महासंघको भनाइ छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए ।

‘महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ,’ उनले भने ।

निजी क्षेत्रको मर्यादा क्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक लिन पनि मुख्यसचिव अर्याल समक्ष महासंघ टोलीले आग्रह गरेको हो ।

सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधि उपयोग बढाइ सुशासनको प्रत्याभूति दिलाउन समेत महासंघको माग छ ।

निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुन बनेको तर्फ अध्यक्ष ढकालले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराए । यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे ।

भेटमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्त्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छिटो–छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए ।

उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?